सरकारले भत्ता दिएर सांसदलाइलाइ बदनाम गर्न खाेजेकाे सांसद सिंहकाे भनाइ

हाम्राे प्रयास । पछिल्लाे समय निकै विवादित बनेकाे सांसदलाइ भत्ता दिएकाे विषयमा बाेल्दै  नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले  संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको सिंहले आरोप लगाएका हुन् ।

विज्ञप्ति जारी गर्दै सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’ सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् । उनले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने जानकारीसमेत गराएका छन् ।

जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखिएको उनको जिकिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार