रास्वपाको महामन्त्री पदमा विपिन आचार्यको जित पक्का

काठमाडौँ । रास्वपाको महामन्त्री पदमा विपिन आचार्यको जित पक्का भएको छ ।

रास्वपाका संस्थापनमा रहेका चर्चित अनुहारहरूले समर्थन गरेसँगै महामन्त्रीमा आचार्य निर्वाचित हुने लगभग निश्चित भएको हो ।

पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले शुक्रबार बिहान विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए ।

महामन्त्रीमा आचार्यसहित राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार