कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन्। कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमध्ये २२७ पुरुष र १२ महिला छन्।
कारागारमा रहेका २८ जना भारतीय कैदीमध्ये १० जनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ भने १८ जना अझै फरार छन्।कञ्चनपुर कारागारमा हाल ४७९ कैदीबन्दी छन्, जसमा लागूऔषध मुद्दाका मात्रै १६९ जना रहेका छन्।
कारागारबाट बाहिरिएका केही कैदी सम्पर्कमा रहेको र तीन दिनभित्र फिर्ता हुने आश्वासन दिएको प्रशासक जोशीले बताए । सम्पर्कमा नआएका कैदीहरूको खोजीका लागि प्रहरीले खोजतलास जारी राखेको छ ।

