काठमाडौं । जेन–जी आन्दोलनपछिको असामान्य अवस्थाका कारण नेपालमा आयोजना भइरहेका र आयोजनाको चरणमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता धमाधम स्थगित गरिएको छ ।
सामेबार र मङ्गलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुन लागेको नेपाल–बङ्गलादेशबिचको अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित गरिएको छ । सिरिज नेपाल रग्वी सङ्घले देशको स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति सार्वजनिक गरिने पनि जनाएको छ ।
यसअघि सिरिजअन्तर्गत ३० गते रग्बी सेभेन्सका दुई तथा ३१ गते फिफ्टिन्सको एक खेल हुने तय थियो । यस्तै जेन–जी ओन्दोलनकै कारण यसअघि पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) प्रतियोगिता पनि खेलको बिचमै स्थगित भएको थियो । खेल स्थगित भएपछि प्रतियोगिता खेल्न नेपाल खाएका विदेशका खेलाडी समेत आ–आफ्नै देश फर्किएका छन् ।
यसअघि आइतबार मात्र नेपाल भलिबल सङ्घको आयोजानमा नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने काभा महिला नेसन्स लिग भलिबल पनि स्थगित गर्ने निर्णय गरिएको थियो ।

