काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो’, ओलीले भने– ‘त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्यो । सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो ।’
उनले आफूहरूका केही कमीहरू रहे आत्मसमीक्षा गर्न सकिने बताए ।

