प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने एकजना पक्राउ

काठमाडौं । आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने एकजना पक्राउ परेका छन ।

गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने ३० वर्षीय आदित्य सिंहलाई कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको प्रहरीको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार