काठमाडौं । जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका ३० जनाको शव पोस्टमार्टम भइसकेको छ । तीमध्ये २७ जनाको शव परिवारले बुझेका छन् । २३ र २४ भदौको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा छ ।
प्रहरीको तथ्यांकअनुसार प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भइसकेको छ ।
फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । उनका अनुसार ती शवको पोस्टमार्टम गर्न लामो समय लाग्छ । अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने डा। चौधरीले बताएका छन् ।
उनका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ ।

