काठमाडौं । राजधानीमा अहिले उच्च राजनीतिक तनाव सिर्जना भएको छ। स्रोतका अनुसार, नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारी भइरहेको छ। यस प्रयासको पहल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरु गरेको बताइएको छ।
अवस्थाप्रति नजिकका स्रोतका अनुसार, केपी शर्मा ओलीसहितका पुराना नेताहरू भाग्ने तयारीमा रहेको र त्यसैको कारणले सरकारले बालेन शाहमार्फत रवि लामिछानेलाई नियन्त्रणमा लिएर सरकारको नेतृत्व कायम गर्ने रणनीति बनाएको छ।
हाल हेलिकप्टर बालुवाटारमा पुगेको र खड्ग ओलीलाई विमानस्थलसम्म पुर्याएर त्यहाँबाट हिमालयन एयरलाइन्समार्फत विदेशी गन्तव्यतर्फ पठाउने तयारी भइरहेको बताइएको छ।
साथै, ओली पक्ष र उनीसँग सहमत भएका व्यक्तिहरूको उपत्यकामा रहेका घरहरूमा आगजनी भएको खबर प्राप्त भएको छ।
स्थिति अत्यन्तै तनावपूर्ण रहेको र सुरक्षा निकायले तत्काल नियन्त्रणमा राख्न प्रयासरत छन्।

