काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा पनि आगजनी र तोडफोड गरेका हुन्।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आज विहानैदेखि आन्दोलनको चाप बढेको हो ।
अहिले प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।

