रास्वपा महाधिवेशनः बिहान खसी मासु, बेलुका मिक्स भेज !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनको भरतपुरमा जारी छ

आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आजदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । विहानैदेखि सुरू हुने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरू हुन सकेको थिएन ।

महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास र विभिन्न तहका कमिटीहरूबाट करिब ४ हजार १०० प्रतिनिधिहरू सहभागी हुन चितवन आइपुगेका छन् ।

प्रतिनिधि व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधि र अन्य सहभागी गरी कुल ५ हजार जनाको व्यवस्थापन मिलाइएको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूले आइतबार पार्टीको समन्वयमा आफैँले होटल खोजेर बसेका थिए । आइतबारको खानपिनको व्यवस्था पनि उनीहरूले आफैँ गरेका थिए ।

रास्वपाले प्रत्येक प्रतिनिधिसँग ५ हजार रुपैयाँ अधिवेशन शुल्क उठाएको छ । प्रतिनिधिहरूले होटलमा बास बसेको रकम भने आफैँले भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

आजदेखि भने रास्वपाले नै प्रतिनिधिहरूको खानपानको पूर्ण व्यवस्थापन गरेको छ । महाधिवेशनस्थलमै बिहान ७ बजेदेखि ‘ब्रेकफास्ट’ ९नास्ता० वितरण सुरु भइसकेको छ । भोजन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूलाई बिहानको नास्ता, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको रात्रीभोजको व्यवस्था गरिएको छ ।

बिहानको खानामा खसीको मासु र भातलाई मुख्य परिकार बनाइएको छ । ५ हजार सहभागीका लागि बिहानको खानामा मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासु खपत हुने अनुमान गरिएको छ ।

बिहान र बेलुकाको खानामा कम्तीमा १० प्रकारका परिकारहरू ९आइटम० समावेश गरिनेछ, जसमा जिरा राइस, दाल, तरकारी, अचार, सलाद र दही रहनेछन् ।

मासु नखाने (शाकाहारी)सहभागीका लागि पनिर र च्याउको छुट्टै व्यवस्था गरिएको छ भने साथमा मौसमी तरकारी पनि राखिनेछ । बेलुकाको खानामा भने ‘मिक्स भेज’ तरकारी खुवाइने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार