रास्वपा महाधिवेशनः संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएपछि पार्टी स्थापनाकालदेखि सक्रिय केही नेताहरू असन्तुष्ट देखिएका छन् । असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय सर्कुलेसन भएको थियो ।

तर समायोजनमा आएका नेताहरूले विरोध गरेपछि निर्णयबाट पछि हटेको एक संस्थापक सदस्यले जानकारी दिए । समायोजनमा आएका ५१ जनालाई समायोजन गर्दा त्यसमा संस्थापक सदस्य पनि पर्नुपर्ने ती नेताले बताए ।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ ।

सम्बन्धित समाचार

ताजा समाचार