त्रिभुवन विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारलगायत क्षेत्रमा लगातार आगलागी फैलिनुका साथै अन्य जोखिमपूर्ण अवस्थाले हवाई सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएपछि यस्तो निर्णय गरिएको हो।

आकाशमा रहेका विमानलाई सुरक्षित रूपमा अवतरण गराएपछि बाँकी सबै उडान स्थगित गर्दै विमानस्थल बन्द गरिएको हो।

विमानस्थल क्षेत्रमा नेपाली सेनाले कडाइका साथ सुरक्षा व्यवस्थापन गरिरहेको प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार