सुदूरपश्चिम । सुदूरपश्चिमबाट लागुऔषध र बैंकिङक कसुरमा फरार दुई प्रतिवादी पक्राउ परेका छन । प्रहरीले लागुऔषध मुद्धामा फरार बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ बस्ने २३ वर्षिया मार्था सुनारलाई र बैंकिङ कसुरमा फरार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी बस्ने गणेश सिंह ठगुन्नालाई पक्राउ गरेको हो ।
लागुऔषध मुद्धामा दोषी ठहर भएकी सुनारलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्धामा १ महिना कैद सजाय र रु.५ हजार जरिवाना तोकेको थियो ।
यस्तै, बैंकिङ कसुरमा दोषी देखिएका ठगुन्नालाई दार्चुलाकै महाकाली नगरपालिका वडा नम्बर ४ बाङ्गाबगर बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठगुन्नालाई उच्च अदालत पाटनले २०७७ मंसिर २२ गतेको फैसलाले बैंकिङ कसुरमा दोषी ठहर गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

