बिहीबार बिहान अनियन्त्रित भई सडकमा आएको एउटा राँगो काठमाडौं महानगरपालिका नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
टेकु दोभानमा अनियन्त्रित भएको राँगोले सवारीसाधन र मानिसमा क्षति पुर्याएपछि महानगरपालिका नगर प्रहरीले नियन्त्रणमा लिई वन विभागका प्रतिनिधिको सहयोगमा राँगोलाई बेहोस बनाइएको थियो ।
अहिले राँगोलाई नगर प्रहरी र कालिमाटी प्रहरीको संयुक्त उद्धार टोलीले स्नहाज केयर संस्थामा बुझाएको नगर प्रहरी बलले जनाएको छ ।

