मिथिला मध्यमा परिक्रमा शुरु

मिथिला मध्यमा परिक्रमा शुरु भएको छ ।

बिहीवार मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको हो । फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मुल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा सीतारमको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ । मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि मध्यमा परिक्रमाको विधिवतरुपमा शुरुवात गर्ने परम्परा रहेको मिथिला विहारी कचुरी मठका महन्थ रामनरेश शरणले बताउनु भयो । मिथिला विहारी मठबाट निकालिएको मिथिला विहारीको डोला आज जनकपुरधामस्थित हुनमान नगरमा विश्राम गर्ने उहाँको भनाइ छ । परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु शुक्रवार बिहान पूजा अर्चना गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा जनकपुरधामको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फूलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर परिक्रमा जनकपुरधाम फर्केर विश्राम गर्छन् । फागुन पूर्णिमाका दिन परिक्रमामा सहभागीहरु जनकपुरधामको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पूरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी श्रद्धालुहरु नेपालको १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार