वेस्ट बैंक क्षेत्रमा एक वर्षसम्म उपस्थिति कायम राख्न सेनालाई इजरायलको निर्देशन

इजरायली रक्षामन्त्री इजरायल काट्जले आईतवार सेनालाई पश्चिम किनारको शरणार्थी शिविरहरूमा एक वर्षसम्म उपस्थितिको लागि तयारी गर्न निर्देशन दिनुभएको छ । इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा जारी ठूलो स्तरको सैन्य अभियानलाई तिब्र बनाएको छ । इजरायली सेनाले आईतवार बिहान उत्तरी पश्चिम किनारको शहर कबाटियामा आफ्नो कारबाही विस्तार गरेको प्यालेस्टिनी समाचार एजेन्सीहरुले बताएका छन् । सेना र बुलडोजरहरू यस क्षेत्रमा प्रवेश गरेका छन् । अभियान शुरु भएदेखि लगभग ४० हजार प्यालेस्टिनीहरू जेनिन, तुलकरम र नूर शम्सका शिविरहरूबाट भागेका दाबी गर्नुभएको छ । उहाँले शरणार्थी शिविरहरूमा प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सीको गतिविधिहरू रोकिएको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार