थापाथली बस्ती हटाउँदा तनाव: महिला बेहोस, बल्खुमा एक मृत फेला

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा तनावपूर्ण अवस्था देखिएको छ। सोही क्रममा एक महिला अचानक बेहोस भएकी छन्। प्रहरीका अनुसार उनलाई तुरुन्तै एम्बुलेन्समार्फत अस्पताल लगिएको छ, तर उनको अवस्था र परिचयबारे थप विवरण सार्वजनिक गरिएको छैन।

उता, बल्खु क्षेत्रमा पनि दुःखद घटना भएको छ। हटाइएको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहान आफ्नै घर भत्किँदै गरेको दृश्य सहन नसक्ने भन्दै घरबाट निस्किएका ती व्यक्ति दिउँसो मृत भेटिएका हुन्।

मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई भएको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। घटनाले सुकुमवासी बस्ती हटाउने क्रममा मानवीय पक्षलाई लिएर थप प्रश्न उठाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार