हिंसात्मक द्वन्द्वले अफ्रिकामा शान्ति र सुरक्षालाई कमजोर बनायोः एयू आयोगका प्रमुख

अफ्रिकी संघ (एयू) आयोगका अध्यक्ष मौसा फाकी महामतले हिंसात्मक द्वन्द्वले अफ्रिकामा शान्ति र सुरक्षालाई कमजोर पारिरहेको बताउनुभएको छ । एयू आयोगका प्रमुखले हिंसात्मक द्वन्द्वले अफ्रिकाको शान्ति र सुरक्षामा पार्ने प्रभावको बारेमा चेतावनी दिनुभएको हो । इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयूको मुख्यालयमा शुरु भएको एयूको कार्यकारी परिषद्को ४६ औं साधारण सत्रलाई सम्बोधन गर्दै प्यान–अफ्रिकी ब्लकका अध्यक्षले उक्त टिप्पणी गर्नुभएको हो । उहाँले अफ्रिकाको शान्ति र सुरक्षा खतराहरूलाई सम्बोधन गर्न प्रभावकारी समाधानको रूपमा सुशासन प्रवद्र्धन, महाद्वीपीय सहयोगलाई बढावा दिने र सामाजिक आर्थिक विकासलाई अगाडि बढाउने महत्त्वमा जोड दिनुभयो ।

एयू आयोग प्रमुखले विश्वव्यापी शान्ति र सुरक्षा चुनौतीहरूको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय बहुपक्षीय प्रणालीलाई सुदृढ पार्न थप आह्वान गर्नुभयो । एयू आयोगको नेतृत्वमा आफ्नो आठ वर्षे कार्यकालमा कार्यकारी परिषद्को बैठकमा आफ्नो अन्तिम सम्बोधनमा, फकीले आगामी एयू नेतृत्वको सफलताको लागि राजनीतिक संरचना, साथै शान्ति, सुरक्षा, शासन र साझेदारीको भूमिका बुझ्नुको महत्त्वलाई पनि प्रकाश पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार