भारतको खुद्रा मुद्रास्फीति यस वर्षको जनवरीमा ५ महिनाकै न्युन ४.३१ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार जनवरी २०२५ मा उपभोक्ता मूल्य सूचकांक (सिपीआई) मा आधारित मुद्रास्फीति ४.३१ प्रतिशत छ । डिसेम्बर २०२४ मा सिपीआइ ५.२२ प्रतिशत थियो । खाद्य मुद्रास्फीति डिसेम्बर २०२४ मा ८.३९ प्रतिशतबाट जनवरी २०२५ मा ६.०२ प्रतिशतमा झरेको छ, तथ्याङ्कले देखाएको छ । भारतको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंकले खुद्रा मुद्रास्फीतिलाई ४ प्रतिशतमा राख्ने आदेश कायम राखेको छ । जसमा यो लक्ष्यभन्दा २ प्रतिशत माथि वा तलको मार्जिन रहेको छ ।

