रूससँगको शान्ति सम्झौतामा युक्रेनलाई नेटोको सदस्यता दिँदैनौँः अमेरिका

अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेन–रूस द्वन्द्व अन्त्य गर्न वार्ता गरिएको समाधानको रूपमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा युक्रेनको प्रवेशलाई अस्वीकार गर्नुभएको छ । बेल्जियमको ब्रसेल्सस्थित नेटो मुख्यालयमा युक्रेन रक्षा सम्पर्क समूहको बैठकमा उद्घाटन भाषण दिँदै हेगसेथले युक्रेनको लागि सुरक्षा ग्यारेन्टी नेटो सदस्यतामार्फत प्रदान गरिनु हुँदैन भन्ने वाशिंगटनको अडान रहेको बताउनु भयो । सचिवले युक्रेन र रूस बीचको सिमानालाई २०१४ मा रूसले क्रिमिया कब्जा गर्नु अघिको अवस्थामा फर्काउनुलाई अवास्तविक उद्देश्य भएको बताउनु भयो ।

टेलिभिजन होस्टबाट रक्षा सचिव बनेका हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कीभ र मस्को बीच शान्तिको लागि पूर्ण प्रयास गरिरहेको बेला यो टिप्पणी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार