फूलपातीमा अशोक शर्माको ‘डबल ट्रिपल’

अभिनेता एवं निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दशैँको फूलपातीको दिन रिलिज हुने भएको छ ।
दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहनेछ । किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको निर्माण, अशोक शर्माको निर्देशनमा बन्न लागेको यो चलचित्र डबल ट्रिपल आगामी दशैंको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुनेछ । अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत रहने उक्त चलचित्रमा मनोज पण्डित स्क्रिप्ट डक्टर, शान बस्न्यात संवाद, आलोक शुक्ला सिनेमाटोग्राफर, नगेन्द्र घिमिरे प्रोडक्सन, राजु किराँती द्वन्द्व, सुनिल छेत्री कोरियो ग्राफर, ट्राइडेन्ट कन्सेप्ट पब्लिसिटिमा रहनुभएको छ । कलाकारहरू सहित अफिसियल एनाउन्समेन्ट गर्ने तयारी भइरहेको यो चलचित्र अब केही दिन पछि नै शुभ मुहूर्त गरेर छायाङ्कन गर्न थालिने बताइएको छ । नेपाली चलचित्र जगतमा आउँदै गरेको यो चलचित्र डबल ट्रिपलले नयाँ इतिहास रच्ने मा कलाकारहरू आशावादी रहेका देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार