‘पिताम्बर’को अफिसियल पोस्टरसँगै रिलिज डेट फिक्स

निर्देशक कृषा चौलागाईंले आफ्नो पछिल्लो फिल्म ‘पिताम्बर’को अफिसियल पोस्टरसँगै रिलिज डेट पनि फिक्स गरेकी छिन। कृषाले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेकी हुन्। दयाहाङ राई, प्रदिप खड्का र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म आगामी चैत २९ गतेबाट रिलिज हुने भएको छ।

‘पिताम्बर’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउदै आएकी कृषाले फिल्मको छायांकन ७० दिन लगाएर सकेकी हुन्। त्यसो त भर्खरै सार्वजनिक भएको पिताम्बर पोस्टर पनि निकै आकर्षक बनाएकी छिन कृषाले। पोस्टरमा फिल्मका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन् । रगताम्मे बनेका प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् ।

दयाहाङको अनुहारमा भने रिस देखिन्छ । पोस्टरबाट नै निर्माण टिमले फिल्म एक्सनप्रधान रहेको प्रष्ट पारेको छ । पोस्टरले दर्शकलाई आकर्षित गर्नसक्ने देखिएको छ ।

अब ‘पिताम्बर’मा यी ३ सुपरस्टारहरु बीचको घम्साघम्सीले कुन रुप लिन्छ भन्ने हेर्नलाई दर्शकले चैत २९ गते नै पर्खनु पर्ने हुन्छ। जे होस पोस्टरले अहिले आम दर्शक बीच एक प्रकारको उत्साह राखिसकेको छ।

५ करोडको बजेटमा बनेको ‘पिताम्बर’मा सौगात, प्रदीप र दयाहाङ अलावा दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाईलाई पुरुषोत्तम प्रधानले खिचेका छन् भने विशाल चौलागाईले फिल्ममा लगानी गरेका छन। फिल्ममा प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार