काठमाडौं । सरकारको बेरुजु सात अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा मात्र ८८ अर्ब नौ करोड रुपैयाँ बराबरको बेरुजु बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष ०८२/८३ को आफ्नो प्रतिवेदन बुझाउँदै बेरुजुको तथ्यांक सार्वजनिक गरेको हो।
महालेखापरीक्षक तोयम रायका अनुसार संघीय कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ पाँच अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड बेरुजु देखिएको छ। अन्य संस्थतर्फ १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ।
गत वर्ष ९४ खर्ब ८४ अर्ब रुपैयाँबराबरको लेखापरीक्षण भएको छ । जेनजी आन्दोलनमा कागजात जलेकाले १७९ वटा कार्यालयकोे लेखापरीक्षण हुन नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

