नख्खु कारागारबाट भागेका एक कैदी बैतडीबाट पक्राउ

बैतडी । नख्खु कारागारबाट भागेका एक कैदीबन्दी बैतडीबाट पक्राउ परेका छन् । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका नरेन्द्र सिँह रतोकी शुक्रबार पक्राउ परेका हुन ।

बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ काफलीका रतोकीलाई जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सुनाइएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता प्रहरी निरिक्षक बल्देव बडुले जेन जी आन्दोलनका क्रममा भागेर फरार रहेका रतोकीलाई पक्राउ गरिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ४ः३० बजे घरबाटै रतोकीलाई नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार पक्राउ परेका रतोकीलाई डडेल्धुरा पठाइएको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार