संसारका खराब ४० मुलुकभित्र नेपालको उपस्थिति

हाम्राेप्रयास । शनिवार एकै दिन सबैभन्दा धेरै संख्यामा कोभिड १९ संक्रमित पहिचान भएपछि नेपाल कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा खराब अवस्थामा गुज्रिरहेका विश्वका शीर्ष ४० मुलुकभित्र परेको छ।

नेपालले ओमन, इजिप्ट, संयुक्त अरब इमिरेट्सलाई उछिन्दै खराब ४० भित्र स्थान बनाएको हो।

नेपालभन्दा अगाडि अब काजकास्थान कुवेत रहेका छन्। परीक्षणको दायर अहिलेकै अवस्थामा रहने र संक्रमित संख्या यसैगरी पहिचान हुने हो भने केही दिनमा नै नेपालले यी मुलुकहरुलाई सजिलै पछि पार्ने छ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सामुन्नेमा छ। यसले कोरोना संक्रमणमा थपि योगदान पुर्‍याउने नै छ। संक्रमण नियन्त्रणमा सरकार करिब करिब असफल भइसकेको छ। संक्रमितको संख्या पहिचान भएपछि हुनुपर्ने कन्ट्याक्ट ट्रेसिङको दायरा बढ्न सकेको छैन भने संक्रमितहरु कस्तो अवस्थामा बसिरहेका छन् भन्ने पनि सरकारी निकायले खोजिरहेको छैन। यसले समुदायस्तरमा कोरोना भाइरस फैलिसकेको संकेत गर्छौ।

सम्भवत नेपालमा समुदायमा संक्रमण फैलिएको औपचारिक घोषणामात्र हुन बाँकी छ। नेपालमा ६ सय १४ जना संक्रमितको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार