पूर्व उर्जा मन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।खड्काको श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश दिएको हो । सो मुद्दामा सर्वोच्चकान्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासमा सुनुवाइ भएको थियो ।

साथै, सर्वोच्चले सो मुद्दाको पेसी भोलि बिहीबारको लागि तोकेको छ ।सम्पत्ति शुद्धीकरण विभागले जेन(जी आन्दोलनको क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा अनुसन्धान गरिरहेको छ ।नेता खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।

