नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० विश्वकै प्रतिष्ठित म्यागजिन ‘टाइम’ को सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा परेका छन्। टाइम म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा प्रधानमन्त्री शाहलाई विश्वका शक्तिशाली व्यक्तिहरूको ‘लिडर’ (नेता) विधामा समावेश गरिएको छ।३५ वर्षीय शाहलाई टाइमले ‘दक्षिण एसियाली राजनीतिमा एउटा नयाँ लहर’ र ‘नेपालको इतिहासकै कान्छा प्रधानमन्त्री’ को रूपमा व्याख्या गरेको छ।
नेपालको इतिहासमा जंगबहादुर राणा २९ वर्षके उमेरमा प्रधनमन्त्री भएको भए पनि जनताबाट निर्वाचित कान्छा प्रधानमन्त्री बालेन नै हुन् । यो उपलब्धि नेपालको पछिल्लो राजनीतिक परिवर्तन र युवा नेतृत्वको वैश्विक स्वीकारोक्तिका रूपमा हेरिएको छ।

