वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन् ।वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आईतवार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन । उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताउदै विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिएकी छिन्।
उनकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईककमा पु¥याउन सहयोग पुग्नेछ । उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने भन्दै यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाई रहेको छ । अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिएकी छिन् ।
ग्रामिण क्षेत्रको गरिबी न्युनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडिबुटी क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ । सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानूनी सुधार गर्न प्रतिवद्ध रहेको उनको भनाई छ । उनले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बनाईन । साथै, युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवद्र्धनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता पनि उनले औल्याईन ।
उनले भनिन् , ‘विभागले तयार गरेका विभिन्न फर्मुलाहरुलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यवसायिक उत्पादनमा लैजान सकिन्छ । यसले देशको राजश्व वृद्धिमा मात्रै होइन, स्वदेशमा नै उद्योग स्थापना र रोजगारी सिर्जना पनि योगदान पु¥याउँछ । यस्ता अनुसन्धानमुलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिला गर्नु हुँदैन, साथै त्यस्ता कार्यमा योगदान दिने वैज्ञानिकहरुलाई प्रोत्साहनको व्यवस्था गनुपर्छ । नेपालमा पाइने जडिबुटीहरुबाट औषधिय उत्पादनहरुको ठूलो सम्भावना छ तर हामीले अझै प्रारम्भिक चरणमा सिमित राखेका छोँ । विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानहरुसँग सहकार्य गरी कम्तिमा प्रि क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ । यसले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईमा पु¥याउन मद्दत पु¥याउँछ । हामीले वनस्पति क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारको रुपमा विकास गर्नुपर्छ । यसले ग्रामिण क्षेत्रको गरिबी न्युनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्छ । सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासको लागि आवश्यक नीति, ऐन र कानूनी सुधार गर्न प्रतिवद्ध छ । समयसापेक्ष सधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने वातवरण बनाउने र अनुसन्धानलाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो । युवाहरुलाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवद्र्धनतर्र्फ आर्कषित गर्नुपर्छ ।’
विभागले नेपालमा रहेका वानस्पतिक सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ । हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरुको अभिलेखिकरण भइसकेको विभागले जनाएको छ । कार्यक्रममा वानस्पातिक स्रोतको संरक्षण तथा विकासमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

