अस्पतालमा सेवाग्राहीमाथि रूखो व्यवहार गर्ने कर्मचारीले कक्षा लिनुपर्ने

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा सेवाग्राहीमाथि रूखो व्यवहार गर्ने कर्मचारीलाई एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गरेको छ।मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी गरी अस्पताल सुधारका लागि विभिन्न व्यवस्था गरेको हो।कार्यविधिको जनशक्ति व्यवस्थापन र आचरण खण्डमा कर्मचारीको आचरणबारे उल्लेख छ।

त्यसमा सेवाग्राहीसँग नम्र व्यवहार गर्ने र म तपाईंलाई के सहयोग गर्न सक्छु भन्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख छ। रूखो व्यवहार गर्ने कर्मचारीलाई कार्यालय समयपछि एक घन्टाको ुसफ्ट स्किल सेसनुमा सहभागी गराउने व्यवस्था पनि अस्पतालले गर्नुपर्ने उल्लेख छ। कार्यविधिमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गरी अनुगमनका लागि एक सम्पर्क व्यक्ति तोक्नुपर्ने उल्लेख छ। ड्युटीमा तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने पनि उल्लेख छ।

सम्बन्धित समाचार

ताजा समाचार