सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन

काम गर्दै गएपछि सन् १९७८ मा ओसामुले सुजुकी मोटरको नेतृत्व लिएका थिए । त्यसपछि उनले सुजुकीका मिनिकार र मोटरसाइकललाई विश्व बजारमा पुर्‍याएका थिए ।

सुजुकी मोटरलाई उत्तर अमेरिकाको बजार प्रवेश गराउन ओसामुले अमेरिकाको जनरल मोटर्स र युरोपको बजार छिर्न फक्सवागनसँग रणनीतिक गठबन्धन गरेका थिए ।

त्यसैगरी भारतमा कम मूल्यका साना गाडी बिक्री गरेर बजार नेतृत्व गराउन पनि ओसामुले महत्त्वपूर्ण योगदान गरेको सुजुकी मोटर कम्पनीले जनाएको छ ।

‘यदि मैले सबैको कुरा सुनेको थिएँ भने त्यसले सबै काम र विषय धेरै नै ढिलो हुने थियो,’ ओसामुले सन् २००९ मा एक संस्मरणमा लेखेको थिए, ‘म एउटा सानो व्यापार नेतृत्वकर्ता हुँ, त्यसकारण रोकिनु हुन्न, रोकियो भने तपाईंले गुमाउनुहुन्छ ।’

ओसामु सन् २००० मा सुजुकी मोटरको अध्यक्षबाट प्रेसिडेन्टमा झरेका थिए । तर, कम्पनी सञ्चालन गर्न भने अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) का हैसियतमा काम गरेका थिए ।

२००८ मा विश्व आर्थिक मन्दी छाएका बेला आसोमुले कम्पनी पहिलो पटक घाटामा गएको घोषणा गरेका थिए ।

उनको कार्यकाल चुनौतीले भरिएका थिए । २०१६ मा सुजुकी मोटरले जापानमा गाडीको इन्धन किफायती परीक्षणका लागि अप्रमाणित विधि प्रयोग गरेको पुष्टि भएपछि हंगामा भएको थियो ।

त्यसपछि कम्पनीले उक्त घटनाबारे सार्वजनिक रूपमा माफी मागेको थियो । त्यसपछि ओसामु पुनः कम्पनीको सीईओ पदमा ओर्लेका थिए र आफ्नो सेवा सुविधा ४० प्रतिशत कटौती गरेको घोषणा गरेका थिए ।

शुक्रबार निधन भएका ओसामु सुजुकीका श्रीमती र तीन छोराछोरी छन् ।

१ सय १५ वर्षअघि स्थापना भएको सुजुकी मोटरले सन् २०२१ मा ३५ खर्ब ६८ अर्ब येन बराबर आम्दानी गरेको थियो । यो यसले ३९ लाख युनिट सवारी उत्पादन गरेको थियो । हाल कम्पनीमा ७० हजार जनाले रोजगरारी पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार