देवीको उपन्यास ‘कर्णेल गजराज सिंहथापा’ विमोचन

उपन्यासकार डा.देवी क्षेत्री दुलालको उपन्यास ‘कर्णेल गजराज सिंहथापा’ को विमोचन भएको छ। हिजो नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभागका प्रमुख डा।कौशिला रिसालको प्रमुख आतिथ्यमा उक्त उपन्यास सार्वजनिक गरिएको हो।

बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त विमोचन कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई,पूर्व मन्त्री सोमनाथ बास्तोला, पूर्व सांसद अगम बान्तवा र उपप्राध्यापक युद्धप्रसाद वैद्यले संयुक्त रूपमा उक्त उपन्यासको विमोचन गरे।

रिसालले ऐतिहासिक र जीवनीपरक उपन्यास सिर्जना गरेको भन्दै उपन्यासकार दुलाललाई बधाई ज्ञापन गरिन्। उनले भनिन्,‘इलाममा चिया खेतीको प्रारम्भ गरेका, चिफ कर्णेल गजराजसिंह थापाको व्यक्तित्वको चित्रण उक्त उपन्यासले गरेको छ,जसले चिया उद्योग सञ्चालन र प्रबर्द्धन गरी सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनका लागि उक्त उपन्यास गतिलो दस्ताबेज बनेको छ।’

उक्त कार्यक्रममा प्रमुख वक्ता प्राडा भट्टराईले पुस्तकमा थापाको ऐतिहासिक योगदानलाई अभिलेखीकरण गरिएको र नेपालको पहिलो उद्योग इलामको चिया कारखाना भएको तथ्य समेत उजागर भएको बताए।

वि।स १९२० मा कर्णेल थापाले नै इलाममा चिया खेतीको सुरुवात गरेका थिए। कर्णेल गजराज सिंहथापाले इलामको चिया खेतीको सुरुवात र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा हुँदै आएको छ। वि।स १९३५ मा इलाममा चिया उद्योग स्थापना गरी थापाले पूर्वी क्षेत्रलाई कृषिमार्फत आर्थिक क्रान्तिमा जोडेको विषय उपन्यासमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार