काठमाडौं । गणेश नेपालीको आत्मदाह र मृत्युको घटनालाई लिएर युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले उक्त घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै सरकारको आलोचना गरेका छन्।
प्रदर्शनका क्रममा युवाहरूले ‘बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो’ लगायतका नारा लगाएका थिए। उनीहरूले राज्य आतंकको विरोध गर्दै गरिब र युवाका समस्याप्रति सरकार संवेदनशील बन्नुपर्ने मागसहित विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए।
‘राज्य आतंक मुर्दावाद’, ‘बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने होरु’, ‘हत्यारा सरकार मुर्दावाद’ जस्ता नारासहित युवाहरू सडकमा उत्रिएका थिए।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।

