जेनजी आन्दोलनका बेला लुटिएको स्कारपियो १० महिनापछि फेला

कैलाली । जेनजी आन्दोलनका बेलामा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको सरकारी स्कारपियो गाडी करिब १० महिनापछि कैलाली प्रहरीले बरामद गरेको छ। गाडीको स्वरूप नै परिवर्तन गरी लुकाएर राखिएको अवस्थामा फेला परेको हो। घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनले चढ्ने गाडी ७र८ जनाको समूहले जेन्जी आन्दोलनको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै धनगढीबाट लुटेका थिए।

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने बा २ झ २८५९ नम्बरको गाडी डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे, मुखमा मास्क लगाएका सातरआठजनाको समूहले लुटेर लगेका थिए।

घटनापछि प्रहरीले गाडीको खोजी जारी राखेको थियो। सोही क्रममा असार ८ गते कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित लिगासैनी सःमिल तथा फर्निचर उद्योगभित्र उक्त स्कारपियोको स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त उद्योग अर्जुन कार्कीले सञ्चालन गर्दै आएका छन्।

 

सम्बन्धित समाचार

ताजा समाचार