एजनद्वारा उत्पादित खेल सामाग्री लञ्च

काठमाडौं । नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रालीले एजनद्वारा उत्पादित खेल सामाग्री मंगलबार लञ्च गरेको छ ।

लाजिम्पाटमा मंगलवार आयोजित एक कार्यक्रमबीच एजनकी प्रोपाइप्रटर लि मेङ एजनकी मार्केटिङ हेड जेनी र एक्सक्लुसिभ पार्टनर अफ एजन नेपाल तथा सुवासनाका प्रवन्ध निर्देशक सुशील श्रेष्ठले प्रोडक्ट लञ्च गरे । चीनियाँ संस्था एजनद्वारा उत्पादित सामाग्रीमा बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस, सटलकक र पिकलबल छन् ।

प्रवन्ध निर्देशक श्रेष्ठले पछिल्लो तीन वर्षदेखि खेल सामाग्री वितरण गर्दै आए पनि आधिकारिक रूपमा पहिलोपटक ‘प्रोडक्ट लोन्च’ गरेको बताए । उनले मोफसलमा पोखरा, विराटनगर, धरान र नारायणगढमा आफ्ना सामाग्रीहरु पठाएको जानकारी गराउँदै ग्राहकबाट राम्रो प्रतिक्रिया आएकोमा उत्साहित रहेको बताए । प्रोपाइप्रटर लिले आफ्नो सामाग्रीलाई विश्वास गरेकोमा सुवासनालाई धन्यवाद दिँदै गुणस्तरमा कुनै कमी आउन नदिन एजन शतर्क रहेको बताइन् ।

उपत्यकामा एजनका ३ आउटलेट सञ्चालनमा छन् । लाजिम्पाटमा गो स्पोट्र्स, टोखामा स्पोट्र्स जोन र कीर्तिपुरमा फ्रेन्ज स्पोट्र्स सेन्टरले एजनका सामाग्री विक्री गर्दै आएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार