काठमाडौं । जारी फिफा विश्वकप फुटबलको समूह चरणका खेल सकिदा ३२ देश नकआउट चरणमा पुगेका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन् ।
इरान, दक्षिण कोरिया, स्कटल्याण्ड र उरुग्वे नजिक पुगेर पनि नकआउट चरणमा छनौट हुन सकेनन् । उनीहरु आ(आफ्नो समुहमा तेस्रो भएर उत्कृष्ट आठमा पर्न नसकेपछि बाहिरिएका हुन् ।
त्यस्तै, पानामा, उज्बेकिस्तान, जोर्डन, इराक, साउदी अरेबिया, न्यूजील्याण्ड, ट्युनिसिया, कुराकाओ, टर्की, हैटी, कतार र चेक रिपब्लिक पनि समूह चरणबाट बाहिरिएका छन् ।
पहिलो पटक ४८ देशले भाग लिएको यस विश्वकपमा १६ देश बाहिरिदा ३२ देशले नकआउट चरण खेल्ने छन् । अब राउण्ड ३२, राउण्ड १६ हुँदै प्रतियोगिता फाइनलतर्फ अगाडी बढ्ने छ ।

