जर्मनीलाई हराएको खुशियालीमा पाराग्वेमा सार्वजनिक बिदा

विश्वकप फुटबलमा चार पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेपछि पाराग्वेमा खुसीयाली छाएको छ । यस ऐतिहासिक जितको उत्सव मनाउन पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका छन् ।

सोमबार राति भएको रोमाञ्चक खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४/३ ले पराजित गरेको हो । निर्धारित र थप गरिएको समयमा दुवै टोली १/१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । विश्वकप इतिहासकै ठूलो ‘उलटफेर’ मानिएको यस जितसँगै दक्षिण अमेरिकी राष्ट्र पाराग्वे प्रतियोगिताको अर्को चरणमा पुग्न सफल भएको छ ।

जितपछि सामाजिक सञ्जाल ‘एक्स’ मा बिदाको निर्णयमा हस्ताक्षर गरिरहेको तस्बिर सार्वजनिक गर्दै राष्ट्रपति पेनाले लेखेका छन्, ‘आज पूरा देशले उत्सव मनाइरहेको छ। यो जितले हाम्रो पहिचानको गहिरो हिस्सा/साहस, विश्वास र कहिल्यै हार नमान्ने पराग्वेली जनताको शक्तिको प्रतिनिधित्व गर्दछ।’

सरकारी डिक्री (आदेश) मा उल्लेख भएअनुसार पाराग्वेको यो उपलब्धि खेलकुदभन्दा धेरै माथि रहेकाले यस ऐतिहासिक दिनको उत्सव मनाउन सबै नागरिकलाई सहज होस् भनी बिदा दिइएको हो । ‘सरकार यस्तो ठूलो उपलब्धिप्रति उदासीन रहन सक्दैन,’आदेशमा भनिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार