लगातार घटेको सुनको भाउ आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गएको सोमबारदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने ५० रुपैयाँले घटेको छ । आज चाँदी भने तोलामा ५० रुपैयाँले घटेर तोलाको ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार