कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी बाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ जेठ ३० गतेको फैसलाले १० वर्ष कैद सजाय र ३ लाख रुपैया जरिवाना तोकिएका विरेन्द्र साउँद र २०८२ चैत २३ गते १ वर्ष कैद सजाय सुनाईएका गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार साउँद अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा दोषी ठहर भएका थिए भने सुनार लागुऔषध खैरोहिरोईनमा दोषी ठहर भएका थिए ।
फरार रहेका उनिहरुलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

