लागूऔषधसहित युवक पक्राउ

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ बेलाजाने सडकखण्डबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले बिहीबार राति शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–११ निवासी १९ वर्षीय प्रेम योगीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार