काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय निर्वाचित केन्द्रीय समितिमा ४९ जना महिला निर्वाचित भएका छन्। यो कुल सदस्यको ४९.४९ प्रतिशत हो।
३८४ उम्मेदवारबीच भएको निर्वाचनबाट महिला र पुरुषको प्रतिनिधित्व लगभग बराबरी देखिएको छ। बागमती प्रदेशबाट निर्वाचित सबै केन्द्रीय सदस्य महिला छन्।
रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुने भएकाले बाँकी ५१ सदस्य सभापतिले मनोनित गर्नेछन्। मनोनयन प्रक्रियामा जातीय, क्षेत्रीय तथा समावेशी प्रतिनिधित्व कसरी मिलाइन्छ भन्ने विषयमा अहिले चासो बढेको छ।

