तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन् ।

दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ । त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन् ।

आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार