काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्न शुरू गरेका छन् ।
आजको संसद् बैठकमा चालू वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका अर्थमन्त्री पौडेल त्यसपछि बजेट स्वीकृत गराउन मन्त्रिपरिषद्को बैठकमा पुगेका थिए ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेट अहिले उपप्रधान एवं अर्थमन्त्री पौडेलले संसद् बैठकमा प्रस्तुत गरिरहेका छन् ।

