काठमाडौं । काठमाडौंको प्रदूषण न्यूनीकरण गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई सरकारले बाहिर स्थानान्तरण गर्ने भएको छ ।
संङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवम्अ र्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताए।

