राजावादी आन्दोलनः आज माइतीघर, बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौंं । आज पनि राजावादी समूहले काठमाडौँको माइतीघर, बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाको भनाई छ ।

राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।

यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार