जापानले ट्युनिसिया विरुद्ध लियो दुई गोलको अग्रता

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ ।

उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आड्ढा घण्टामै दुई गोल गरेको हो ।

खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००‍औं खेल भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार