कलाकार ‘चतुरे’को अमेरिकामा निधन

काठमाडौं । नेपाली हास्य अभिनय क्षेत्रका परिचित कलाकार खेम शर्मा अब हाम्रो बीच रहेनन्। परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका शर्माको अमेरिकाको बाल्टिमोरस्थित अस्पत्तालमा मा उपचारकै क्रममा निधन भएको हो।

प्राप्त जानकारीअनुसार, स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो। प्रारम्भिक उपचारपछि अर्को अस्पतालमा रिफर गरिएका शर्माले अन्ततः अमेरिकी समयअनुसार बेलुका ८ बजे अन्तिम सास फेरेका हुन्।

उनको निधनको जानकारी कलाकार तथा मोडल मनिष शर्मा ले दिएका छन्। यस्तै, लामो समयदेखि विभिन्न टेलिसिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्याल ले पनि सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै शर्माको निधन पुष्टि गरेका छन्।

नेपाली दर्शकमाझ ‘चतुरे’ नामले लोकप्रिय शर्मा टेलिसिरियल चतुरेको दाउपेच मार्फत विशेष रूपमा चिनिएका थिए।

 

सम्बन्धित समाचार

ताजा समाचार