बलात्कार आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

डोटी । डोटीमा किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ सनडाका ६१ वर्षीय गंगाराम कोली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोलीले २०८१ फागुन १४ गते रातिनारीदाङ स्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

घटना केही महिना अघिको भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेको थाहा पाए पछि आरोपित कोली भागेर भारत जान लागेका थिए ।

उनलाई प्रहरीले कञ्चनपुर स्थित गड्डाचौकी नाकाबाट पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार