विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईंलाई नियुक्त

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै हुमागाईंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त भउका हुन्।

यसअघि चार वर्षे कार्यकाल सकेर बिदा भएका हुमागाईं दोस्रो कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त भएका हुन् ।

त्यसैगरी सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ।

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार