तिब्र रुपमा फैलिंदै कोभिड

काठमाडौं । भारतमा कोभिड १९ संक्रमण तिब्र रुपमा फैलिएको छ ।

सरकारी समाचार संस्था पिटिआईले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै देशभर एक हजार भन्दा बढी कोभिड संक्रमितहर भेटिएको जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी ४३० संक्रमित केरल राज्यमा भेटिएका छन् भने नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगालमा पनि सक्रिय संक्रमित फेला परेका छन् ।

महाराष्ट्र,दिल्ली,गुजरातमा पनि सय भन्दा बढी संक्रमित भेटिएका छन् । महाराष्ट्र र अन्य कतिपय स्थानमा केही व्यक्तिको कोभिड संक्रमणका कारण हालैका दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार