देउवाले पार्टीको स्वास्थ्य विभागमा सदस्यहरू मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा सदस्यहरू मनोनीत गरेका छन् ।

केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन् ।

स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक–कैलाली, डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा–सप्तरी, डा. सुमन कर्माचार्य–रामेछाप, डा. सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पुजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार